नेकपाका १७ जिल्ला अध्यक्ष र सचिवको नाम सिफारिस (सूचीसहित)

भदौ ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १७ जिल्ला अध्यक्ष र सचिवको नाम सिफारिस गरिएको छ । प्रदेश एकीकरण कार्यदलहरुले जिल्ला कमिटी बाँडफाटसँगै अध्यक्ष र सचिवको नामसहित एकीकृत कमिटी सिफारिस गरेका हुन् । कार्यदलले प्रदेश ५ र ७ को प्रदेश कमिटी अध्यक्षको समेत नाम सिफारिस गरेको छ । बाँकी प्रदेशका अध्यक्षको टुंगो लाग्न बाँकी छ ।

प्रदेश ७ को अध्यक्षमा कर्णबहादुर थापा र सचिव लक्ष्मी जोशी सर्वसम्मत भएका छन् । थापा पूर्व एमाले र जोशी पूर्वमाओवादी नेता हुन् । त्यस्तै प्रदेश ५ को अध्यक्षमा पूर्वएमालेबाट दलबहादुर राना मगर र पूर्व माओवादीबाट गणेशमान पुन मगर सिफारिस भएका छन् ।

काठमाडौंः अध्यक्षमा पूर्व एमाले– रामशरण ढुंगाना
ललितपुरः अध्यक्षमा पूर्व एमाले– हरिकृष्ण ब्यन्जनकार
सचिव पूर्वमाओवादी– शिव कट्टेल
भक्तपुर अध्यक्षः पूर्वएमाले वचन देउजा
धादिङ अध्यक्षः पूर्व एमाले– नेत्रराज पौडेल
सचिवः पूर्वमाओवादी– दलबहादुर बुर्लाकोटी
रसुवा अध्यक्षः पूर्व एमाले– कर्न्याल लामा
सचिवः पूर्वमाओवादी– माधव लामिछान
मकवानपुर अध्यक्षः पूर्वएमाले– बद्री लम्साल
सचिवः पूर्वमाओवादी– विष्णु विष्ट
सिन्धुपाल्चोक अध्यक्षः पूर्वएमाले– झम्क नेपाल
सचिवः पूर्वमाओवादी– गोविन्द पराजुली
दोलखा अध्यक्षः पूर्वएमाले– भीम दाहाल
सचिवः पूर्वमाओवादी– कुलबहादुर बुढाथोकी
रामेछाप अध्यक्षः पूर्वमाओवादी– बुद्धिमान तामाङ
सचिवः पूर्व एमाले– आनन्द श्रेष्ठ
सिन्धुली अध्यक्षः– पूर्व माओवादी– रामकुमार पौडेल
सचिवः– पूर्वएमाले– सूर्य पाख्रिन
काभ्रे अध्यक्षः पूर्वमाओवादी– सूर्यमान दोङ
नुवाकोट अध्यक्षः पूर्वमाओवादी– पुष्प लामिछाने
सचिवः पूर्वएमाले– बुद्धि प्रधान
चितवन अध्यक्षः पूर्वमाओवादी– यमबहादुर परियार
सचिवः पूर्वएमाले– तेजेन्द्र खड्का

Satkar Media House
Leave A Reply

Your email address will not be published.