लक्ष्य पूरा नगरी युक्रेन युद्धबाटपछि नहट्ने: राष्ट्रपति पुटिन

असोज २, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पटिनले युक्रेन युद्धको लक्ष्यबाट पछाडि नहट्ने बताउनुभएको छ ।

युक्रेनले रुसी कब्जामा गएको भूमि फिर्ता लिन प्रति–आक्रमण बढाईरहेको बेला पुटिनले डोनबास क्षेत्रलाई मुक्त गर्ने लक्ष्यबाटपछि नहट्ने अडान दोहोर्याउनु भएको छ । रुसी भाषीहरुको बाहुल्य रहेको लुहान्स्क र डोनेत्स्कसहित पूरै डोनबास क्षेत्रलाई मुक्त नगरीपछि नहट्ने राष्ट्रपति पुटिनको दृढता रहेको छ ।

रुस जुन लक्ष्यसहित गएको हो त्यो बिस्तारै हात लाग्दै गएको दावी गर्दै उहाँले प्रति(आक्रमण युक्रेनका लागि घातक हुने चेतावनी समेत दिनुभएको छ । पूर्वी युक्रेनमा हुने थप क्षतिका लागि युक्रेनी सत्ता र उसलाई उचालिरहेका पश्चिमा देशहरु जिम्मेवार हुने पनि उहाँको तर्क छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.