दाङमा ६० किलो अवैध लागूऔषध चरेशसहित ५ जना पक्राउ

भदौ ५, काठमाडौं । दाङमा ६० किलो अवैध लागूऔषध चरेशसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रेमबहादुर घर्तीमगर, डिल्लीराज चन्द, सपना पुन मगर, रुपा घर्ती र ध्रुव जंगल बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माका अनुसार घर्ती र चन्दले बोकेको प्लाष्टिकको बोराबाट १० किलो चरेश बरामद भएपछि अनुसन्धानका क्रममा थप ५० किलो चरेशसहित ३ जना पक्राउ परेका थिए । उनीहरुले ५० किलो चरेश लमही–९ स्थित गोपी बुढाको मकैबारी नजिक झाडीमा ४ वटा बोरामा लुकाएर राखेका थिए । उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.