दोश्रो रनिङ शिल्ड करातेको उपाधी बालबाटिकालाई

पुरुषोत्तम पोखरेल,
असोज १, काठमाडौं । गोकर्णेश्वर नगर खेलकुद बिकास समितिको आयोजना तथा शंखडोल कराते एकेडेमीको संयोजकत्वमा दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधी बालबाटिका डोजोले जितेको छ ।

बालबाटिकाले ६ स्वर्ण ५ रजत र ४ कास्य जित्यो भने दोस्रो भएको सरस्वती डोजोले ५ स्वर्ण ५ रजत र १५ कास्य पदक जित्न सफल भयो,तेस्रो स्थान हासिले गरेको शंखडोल डोजोले ४ स्वर्ण ८ रजत र ५ कास्य पदक जित्न सफल भयो। पुरुष तर्फ उत्कृष्ट खेलाडी शंखडोल डोजोका राज कुमार राई भए भने,महिला तर्फ सरस्वती डोजो कि प्रश्ना के सी उत्कृष्ट महिला खेलाडीको उपाधी जितिन ।
बिजयी खेलाडीहरुलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामा,गोकर्णेश्वर नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा,युबा तथा खेलकुद उपशाखा प्रमुख राम नारायण शाह,सदस्य दिनेश राई, शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिव कारान्जित लगाएतले मेडल तथा प्रमाण पत्र बितरण गरेका थिए।

गोकर्णेश्वर नगरपालिका भित्रका ३५० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा क्रमश प्रथम,द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार रु पन्ध्र हजार,१० हजार र ५ हजार प्रदान गरिएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.