भदौ ३१, काठमाडौँ । मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि उम्मेद्वारको छनोटमा राजनीतिक दलहरु लागि रहेका छन् । काठमाडौँ क्षेत्र नं. ३ अन्तरगत प्रदेश सभा (ख) मा नेकपा एकीकृत समाजवादीको तर्फबाट सर्वसहमतीले उद्धव खड्काको नाम सिफारिसमा परेको छ । खड्काले चुनावी टिकट पाउने सम्भावना बढ्दै गएको समाजवादी र अन्य दलका नेताहरुबीच बहसको विषय बनेको छ ।
पाँच दलीय गठबन्धनका कारण नेकपा एकीकृतलाई काठमाडौँमा प्राप्त सिटमध्ये क्षेत्र नं. ३ प्रदेश (ख) मा प्रत्यक्षतर्फ पार्टीले सिफारिस गरेका खड्कालाई टिकट पाउने बलियो आधार बनेको छ । नेकपा एमालेको तत्कालीन क्षेत्रीय अध्यक्ष समेत रहेका उनी हाल नेकपा एकीकृत समाजवादी गठनपछि बागमति प्रदेश कमिटि सदस्य समेत हुन् । पार्टी संगठनमा मेहनती र विवादरहित व्यक्तित्वको छवि बनाएका उद्धव खड्का गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका स्थानीय हुन् । पार्टीले दिएको जिम्मेवारीलाई पूरा गर्न पछि नहट्ने खड्काले एमालेबाट वर्तमान प्रदेश सभा सदस्य समेत रहेका रामेश्वर फुयाँलसंग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
नयाँ नेतृत्वको खोजि गरेका काठमाडौँ क्षेत्र नं. ३ का जनताले प्रदेशसभाका लागि उद्धव खड्को नाम सिफारिस हुनेबित्तिकै जीतको सुनिश्चित भएको तर्कसमेत गरेको सतहमा सुन्न आउँछ । क्षेत्र नं. ३ मा पाँच दलको गठबन्धन हुने निश्चित भएकै कारण सिट बाँडफाँट गर्दा प्रदेश (ख) मा नेकपा एकीकृत समाजवादीले नै पाउने भएपछि गठबन्धनका उम्मेद्वारहरुलाई जिताउने रणनीतिमा दलहरु आगाडी बढेको स्रोतले बताएको छ । प्रतिनिधि सभा र अन्य निर्वाचन क्षेत्रमा भने सामानुपातिक प्रक्रिया र गठबन्धनमा भएको सहमतिअनुरुप साझा उम्मेद्वार बनाउने तयारीमा जुटेको खुल्न आएको छ ।

