यी क्षेत्रमा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

भदौ ३१, काठमाडौं । देशका केही ठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देवघाटस्थित नारायणी, दमौलीस्थित सेती, कुमालगाउँस्थित कालीगण्डकी, चिसापानी र असाराघाटस्थित कर्णाली, समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्नेछ ।

यस्तै, दिपायलस्थित पश्चिम सेती, पारिगाउँस्थित महाकाली, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्नेछ । आज सिन्धुली, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट, अछाम, बाजुरा, बझाङ, दाङ, सल्यान, सुर्खेत, दैलेख, डोटी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

महाशाखाका अनुसार इलाम, धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, हुम्ला र आसपास भई बहने केही स–साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान छ । आज अर्घाखाँची, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, सुर्खेत, दैलेख, डोटी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरामा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.