काठमाडौं महानगरमा शनिबारदेखि धूम्रपान निषेध

भदौ ३०, काठमाडौँ। काठमाडौं महानगरपालिका क्षेत्र आगामी शनिबारदेखि धूम्रपान निषेध गरिने भएको छ।

महानगरले आज बिहीबार सार्वजनिक सूचना जारी गरी ‘असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध’ लगाइएको जानकारी दिएको छ।

अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ। सरकारले २०६८ सालमा नै सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन र नियमावली ल्याएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.