संघीय संसदको दुवै सदनको बैठक बस्दै

भदौ २९, काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक आज बुधबार बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १०ः५९ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको थियो । यस्तै, गृहमन्त्री बालकृष्ण खांणले ‘कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्रिय सभाको बैठकमा पनि अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यसैगरी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ लाई सभा समक्ष टेबुल गर्ने कार्यसूची पनि तय गरिएको छ ।

विधायन व्यवस्थापन समितिका सभापति डा। बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नेछन् भने अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.