भदौ ५, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब खाना पकाउने ग्यास सिलिण्डर बोक्ने दिन सकिन लागेको बताएका छन् ।
विराटनगर महानगरपालिका १४ श्रीकृष्ण गौशालामा गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खाना पकाउने ग्यास सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको बताए । ग्यास घर घरमा पुर्याउँने बताउँदा सबैले हासेर उडाएको कुरा स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले पाइपबाट ग्यास घर घरमा पुर्याउँछौँ भन्दा पत्याएनन्, यहाँ पाइपबाट ग्यास कसरी पुग्छ ? हामी आफैँले चुल्हो चलाएर हेर्यौँ । अहिले सानो संख्यामा सुरु भए पनि ठुलो संख्यामा पनि यसलाई विस्तार गर्न सकिन्छ ।’
अब यो अभियानलाई गाउँ गाउँमा विकास गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अब विस्तारै सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको छ । अब काँधमा सिलिन्डर बोकेर हिँड्नै पर्दैन । वायो ऊर्जालाई गाउँ गाउँमा सहकारी, साझा लगानी र समुदायको पहलमा पनि विकास गर्न सकिन्छ ।

