बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना गलत हो, अफवाह फैलाए कारबाही हुन्छ – साइबर ब्युरो

भदौ २८, काठमाण्डौ ।  नेपाल प्रहरीले सामाजिक सञ्जालमा चर्चा भएको जस्तो बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना नरहेको भन्दै अफवाह नफैलाउन आग्रह गरेको छ ।

केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा बच्चा चोरी गर्ने गिरोह सक्रिय रहेको चर्चा चलेपछि प्रहरीको साइबर ब्युरोले सूचना निकालेर अफवाह नफैलाउन आग्रह गरेको छ । ब्युरोले सूचनामा सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । प्रहरीले सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न अनुरोध पनि गरेको छ । सामाजिक सञ्जालमा बच्चा चोरी हुने सूचना भाइरल भएपछि धेरैतिर डर बढेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.