भदौ २७, काठमाडों । चीनको राष्ट्रिय जनकांग्रस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारीक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण का लागि आज नेपाल आउन लागेको हो । लीसहितको टोली विषेश विमानमार्फत नेपाल आउने तय भएको छ । जनकांग्रेस अध्यक्ष ली र सभामुख सापकोटाबीच आजै भेटवार्ता गर्ने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् ।
उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा।नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नेछन् । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ । नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् ।

