प्रथम एन आर एन राष्ट्रिय कराते प्रतियोगिताको उपाधी नेपाल प्रहरीलाई

पुरुषोत्तम पोखरेल,
भदौ २५, काठमाडौँ । एन आर एन राष्ट्रिय कराते प्रतियोगितामा ९ स्वर्ण ३ रजत र ५ कास्य पदक सहित नेपाल प्रहरी टिम प्रथम बन्न सफल भएको छ ।

४ स्वर्ण १ रजत र ६ कास्य जितेको एपीएफ क्लब टिम दोस्रो भयो भने,२ स्वर्ण ५ रजत र ५ कास्य पदक सहित बागमती प्रदेश टिम तृतीय बन्न सफल भएको छ । पुरुष एकल काता तर्फ स्वर्णिम मानन्धर,महिला एक कता तर्फ चंचला दनुवार पुरुष कुमिते तर्फ करण थारु ५० केजी तौल समुहमा प्रथम (बागमती प्रदेश ),५५ केजी तौल समुहमा प्रदिप मगर (सुदुर पश्चिम प्रदेश) ६० किलो तौल समुहमा सन्तोष श्रेष्ठ (नेपाल प्रहरी),६७ केजी तौल समुहमा नबिन रसाईली (नेपाल प्रहरी ),७५ केजी तौल समुहमा रुरिहाङ दुमी राई (प्रदेश एक) ,८४ केजी मुनि शेखु आलम (एपीएफ) र ८४ केजी माथी बिप्लब लाल श्रेष्ठ (नेपाल प्रहरी) ले स्वर्ण पदक जित्न सफल भएका हुन् ।

महिला तर्फ ४५ केजी तौल समुहमा सबिना श्रेष्ठ (नेपाल प्रहरी) ५० केजीमा मिस्ली श्रेष्ठ (नेपाल आर्मी),५५ केजीमा शारदा सुनार (नेपाल आर्मी),६१ केजी मुनिमा रमिता माझी (बागमती प्रदेश) ६८ केजीमा सुनिता महर्जन (नेपाल प्रहरी) र ६८ केजी माथिको तौलमा अनुपमा मगर (एपीएफ) ले स्वर्ण जिते, त्यसैगरी टिम काता पुरुषमा महसुस मोक्तान, जगत सिङ धानुक र फुर्तेन तामाङ को टिम नेपाल प्रहरीले स्वर्ण पदक जित्यो भने महिला टिम कातामा चन्चला दनुवार,सोनु कार्की र टप्पी थापा (नेपाल प्रहरी) टिमले स्वर्ण पदक जित्न सफल भयो।

पुरुष टिम कुमिते तर्फ नेपाल प्रहरीका सन्तोष श्रेष्ठ,बिप्लभ लाल श्रेष्ठ,नवीन रसाईली, साजन मोक्तान,सोनाम लामाको टिम प्रथम भयो भने महिला टिम कुमितेमा एपीएफ टिमका अनुपमा मगर,बिनिता श्रेष्ठ र एष्टर राईको टिमले स्वर्ण पदक जित्न सफल रह्यो। उत्कृष्ट पुरुष खेलाडीको उपाधी नेपाल प्रहरीका बिप्लभलाल श्रेष्ठले जिते भने उत्कृष्ट महिला खेलाडीको उपाधी एपीएफ क्लब की अनुपमा मगरले जितिन,उनिहरु दुवैले ब्यक्तिगत र टिम स्पर्धामा गरि दोहोरो स्वर्ण पदक जितेका थिए।

बिजयी खेलाडीहरुलाई एन आर एन का अध्यक्ष कुल आचार्य नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ सोतोकान कराते प्रमुख प्रशिक्षक निवास गोपाल बैध लगायतले पुरस्कर तथा प्रमाण पत्र बितरण गरेका थिए, एन आर एन स्पोर्ट्स एकेडेमी द्वारा आयोजित उक्त प्रतियोगितामा सात प्रदेस तीन बिभाग र आयोजक एन आर एन स्पोर्ट्स एकेडेमीको सहभागिता रहेको थियो। प्रतियोगितामा पदक बिजेता खेलाडीहरु लाई नगद पुरस्कारको पनि ब्यबस्था गरिएको थियो,स्वर्ण बिजेताले पन्ध्र हजार,रजत बिजेताले दस हजार र कास्य पदक बिजेताले पाँच हजार रुपैयाँ प्राप्त गरे।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.