बागमती प्रदेश स्तरीय कराते छनोट सम्पन्न

पुरुषोत्तम पोखरेल,

भदौ २२, काठमाडांँ । गण्डकी प्रदेशमा हुन गईरहेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश स्तरीय कराते छ्नौट प्रतियोगिता सम्पन्न भएको छ।

पुरुष तर्फ ५० केजी तौल समुहमा अनिल उपरकोटी,५५ के.जी. तौल समुहमा देवराज श्रेष्ठ, ६० के.जी. तौल समुहमा रिकेश भण्डारी दर्जी,६७ के.जी. तौल समुहमा निमा शेर्पा,७४ के.जी. मुनि रोशन बलामी,८४ के.जी. मुनि आशिष थापा र ८४ के.जी. माथी सोनाम बलामी छ्नौट भए,यसैगरी महिला तर्फ ४५ के.जी. तौल समुहमा बुद्ध लक्ष्मी तामाङ,५० तौल समुहमा अञ्जली महर्जन,५५ के.जी. तौल समुहमा मनिका तामाङ ६१ के.जी. तौल समूह मुनि रमिता माझी ६८ के.जी. तौल समूह मुनि आशिका राई,६८ के.जी. तौल समूह माथी महिमा राई छ्नौट भए,यसैगरी एकल काता तर्फ पुरुषमा रेहान जाबेद र महिला तर्फ सन्जु देसार छनौट भए, टिम काता तर्फ पुरुषमा राज कुमार श्रेष्ठ,मनिष कार्की,अमृत थोकरको टिम छ्नौट भयो भने महिला टिम कातामा सन्जु देशार,नानू शाक्य र सृजना महतरा छ्नौट हुन सफल भए।

बिजयी खेलाडीहरु लाई मेडल तथा प्रमाण पत्र बितरण बागमती प्रदेशका माननीय खेलकुद मन्त्री रत्न ढकाल, बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिब सुर्यलाल भण्डारी लगायतले गरेका थिए। प्रतियोगिता गोकर्णेश्वर नगरपालिका ९ स्थित शंखडोल कराते हलमा भएको थियो। बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीहरु लाई दशौ राष्ट्रिय प्रतियोगिता सम्म मासिक ६ हजार भत्ता उपलब्ध गराउने महत्त्वपूर्ण घोषणा गरिसकेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.