स्व. श्रेष्ठलाई महासघको सस्थापक अध्यक्ष घोषणा गर्न फोनिज काठमाडौंको माग

भदौ २०, काठमाडौं । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौंले नेपाल पत्रकार महासघको केन्द्रीय सस्थापक अध्यक्ष स्व. सत्यनारायण श्रेष्ठ रहेको घोषणा गर्न माग गर्दै पत्रकार महासंघ काठमाडौं मार्फत केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ ।

आईतबार फोनिज काठमाडौंका अध्यक्ष शैलेश कुमार डंगोलको नेतृत्वमा फोनिज कार्यसमितिका पधाधिकारीहरु सचिव सुजन पाख्रिन, सहसचिव राम मगर, कोषाध्यक्ष रजनि श्रेष्ठले पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीलाई बुझाएको छ । यस अघि पत्रकार माहासंघको सस्थापक अध्यक्ष स्व. कृष्ण प्रसाद भट्टराईलाई मान्दै आएतापनि तथ्य र प्रमाणले स्व. सत्यनारायण श्रेष्ठ नै सस्थापक अध्यक्ष पुष्टि भएकाले उक्त त्रुटिलाई सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

‘विस २००८ बैशाख ९ मा श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको प्रमाणहरु रहेका छन् । वि. स २००९ बैशाख २८ गते श्रेष्ठको सभापतित्वमा नेपाल पत्रकार संघ पुर्नगठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति भएका थिए । ‘ फोनिजले बुझाएको ज्ञापन–पत्रमा भनिएको छ, ‘वि।सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।’

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सुवेदीले हालसम्म पत्रकार महासंघको सस्थापक अध्यक्षको रुपमा स्व।कृष्ण प्रसाद भट्टराईलाई नै मान्दै आएपनि पछिल्लो ८÷१० वर्षदेखि सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक अध्यक्ष रहेको कुरा उठ्दै आएकाले कुनै न कुनै तथ्य र प्रमाण भएककै कारण सो विषय उठेको बताएका छन् । उनले सस्थापक अध्यक्ष सस्था जन्माउने व्यक्ति नै हुनुपर्ने र यसलाइ छिट्टै तथ्य र प्रमाणले पुष्टि गर्ने विस्वास व्यक्त गर्दै सो ज्ञापनपत्र आजै केन्द्रमा बुझाउने प्रतिबद्दता व्यक्त गरे।

सरकार र पत्रकार महासंघले स्व। कृष्ण प्रसाद भट्टराईलाई संथापक अध्यक्ष मान्दै आइरहेको छ । तर तथ्य र प्रमाणले नेपाल पत्रकार संघ गठन गरेर पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ती सत्यनारायण बहादुर श्रेष्ठ भएकाले फोनिजले पत्रकार महासंघको अध्यक्ष श्रेष्ठलाई घोषणा गर्न माग गर्दै आएको छ ।

यस्तो छ ज्ञापनपत्र

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.