भदौ १६, रोल्पा । माडी गाउँपालिका–३ मा दम्पतीको हत्या भएको छ ।
परिवर्तन– २ राङ्सी घर भएका २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीया पार्वतीको शव धारिलो हतियारले काटेर हत्या गरेको अवस्थामा भेटिएको हो ।
रोल्पा प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेका अनुसार उनहिरू तालावाङस्थित जयलाल डाँगीको घरमा मजदुरी गर्दै आएका थिए । हत्या अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर बोलाइएको छ । उनीहरूको बीभत्स हत्या गरिएको डीएसपी घिमिरेले बताए ।

