सरकारले ‘स्टडी इन नेपाल’अभियान थालनी गर्ने

भदौ १६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘स्टडी इन नेपाल’ अभियानको थालनी गर्ने भएको छ । बुधबार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफलमा स्टडी इन नेपाल अभियानको थालनी गर्ने निर्णय गरेको हो ।

छलफलमा विदेशस्थित नियोगहरुलाई सहजीकरणका लागि आवश्यक निर्देशन दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । ‘भिषालगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको नेपाल बसाईमा सहजता प्रदान गर्ने र भइपरी आउँदा द्रुत सेवा दिन सक्ने गरी नयाँ योजना बनाएका छौं,’ मन्त्री पौडेलले भन्नुभयो, ‘यसले विदेशी विद्यार्थी नेपाल आएर पढ्ने वातावरण बन्छ ।’ छलफलमा मन्त्री पौडेलले नयाँ विषयको आवश्यकता फरक जनशक्ति उत्पादनमा शैक्षिक संस्थाले ध्यान दिनुपर्ने बताउनुभयो । छलफलमा सहभागीले नविकरण, कार्यक्रम थप र विश्वविद्यालयको सम्बन्धन परिर्वतन, कार्यक्रमको नाम संस्थाको नाम, स्थान परिर्वतन, समकक्षता सम्बन्धन, विदेशी मुद्रा सटही लगायतका विषयमा समस्या रहेको बताएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.