भदौ ५, काठमाडौं । गण्डकी विकास बैंकका एटीएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र उनीहरुको परिवारको उपचार खर्चमा काठमाडौंस्थित नेपाल मेडिसिटी हस्पिटलले उपचार खर्चमा छुट दिने भएको छ ।
एक कार्यक्रमबीच गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट जनरल म्यानेजर विजय रिमालले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । बैंकका एटीएम होल्डर ग्राहकहरुले भ्यालिड एटीएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् ।