बयान दिन सिंहदरबार पुगे प्रधानन्यायाधीश जबरा

भदौ १५, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिन सिंहदरबार पुगेका छन् ।

अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषदमा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बित भएका थिए।

सिंहदरबारमा आज बिहान ११ बस्ने बस्ने समितिको बैठकमा बयान दिन उनी उपस्थित भएका हुन् । प्रधानन्यायाधीश जबरालाई भदौ ७ गते बसेको समितिको बैठकले बयानका लागि बोएको थियो। उनीमाथि लागेका आरोप सम्बन्धमा समितिले स्पष्टीकरणको अवसर दिनेछ। साथै नेपाल बारले बुझाएको ३५ बुँदे प्रमाण सम्बन्धमा समिति सदस्यहरूले उनीसँग बयान लिनेछन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.