भदौ १५, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गोगंबुस्थित शिवमन्दिर नजिकबाट दुर्लभ वन्यजन्तु सालक खपेटासहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर चौदन्डिगढी नगरपालिका–८ घर भई काठमाडौं रानीवन बस्ने ३२ वर्षीय तुलबहादुर मगर र काभ्रे घर भई काठमाडौं स्वयम्भू बस्ने ४१ वर्षीय टासी तामाङ छन् । उनीहरुको साथबाट २ किलो ५०० ग्राम खपेटा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई खपेटासहित पक्राउ गरेको हो ।

