त्रिविको समस्या तत्काल समाधान गर्न सभामुखको रुलिङ

भदौ १३, काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेका थिए। उनका मागबमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन्। लामो समयदेखि त्रिविमा लागेको तालाबारे उपकुलपतिसहितको जवाफ मागेका सांसद ज्ञवालीले समस्या समाधानमा सरकारले पहल नगरेको आरोप लगाए।

समस्या समाधानका लागि रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताउँदै एमालेका सांसद उठेर विरोध जनाएपछि सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.