सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु हो– मन्त्री अथक

भद्र १३, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ । पछिल्लो गतिविधिबारे संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट पार्नुभएको हो ।

देशभरका बिभिन्न क्षेत्रमा स्थानिय सरकारको नेतृत्वमा बलजफ्ती रुपमा अस्थायी संरचना हटाउने प्रयास भईरहेको तर्फ ईगित गर्दै मन्त्री अथकले प्राथमिकताको आधारमा अहिले त्यसखालको गतिविधि गर्न नहुने बताउनुभएको हो । नागरीकहरुको शान्ती सुरक्षा र उनिहरुको ब्यवस्थापन गर्ने दायीत्व सरकारको रहेको उल्लेख गर्दै मन्त्री अथकले सस्तो लोकप्रियताकालागि जनतालाई दुःख दिनु उपयुक्त नहुने बताउनुभयो ।

देशभर अवब्यवस्थित रुपमा रहेका संरचनाको ब्यवस्थापनकालागि सरकारले प्रभावकारी निति बनाईरहेको बताउँदै मन्त्री अथकले हतारमा कुनै पनि निर्णय नगर्न नहुने प्रतिक्रिया समेत दिनुभएको छ । उहाँले वार्ता र सम्वादबाट सबै खालका समस्याहरु समाधान गर्न सकिने भन्दै सबैलाई निर्वाचनमा केन्द्रित हुन समेत आग्रह गर्नुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.