भदौ १३, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।
बैठकमा भारतीय सेनामा गोर्खा सैनिकको भर्तीका सम्बन्धमा छलफल हुनेछ । बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाइएको छ ।