२४ घण्टामा १७३ संक्रमित थपिए, ३९६ निको

भदौ ११, काठमाडौं । नेपालमा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ८३९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १७३ जनाको नतिजा पोजिटिभ आएको हो । ६४३ नमुनाको पीसीआर परीक्षण गर्दा ६५ र दुई हजार १९६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९९९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३९६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८१ हजार ५९ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार ६१२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.