आजको मौसमः ४ वटा प्रदेशमा बर्षा हुने

भदौ ८, काठमाडौ। प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बर्षा हुने अनुमान गरिएको छ। मौसम पुर्वानुमान शाखका अनुसार प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साँझमा भने उल्लेखित प्रदेशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि सामान्यता सफा रहने मौसम पुर्वानुमान शाखाले जनाएको छ। उता, रातमा भने प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोमौसम पुर्वानुमान शाखाले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.