प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीचको भेटवार्ता जारी

भदौ ८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भइ रहेको बालुवाटार स्रोतले इमेजखबरलाई जानकारी दिएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवा र ओलीको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.