७१ जिल्लामा फैलियो कोरोना, ५१ जना आईसीयू र भेन्टिलेटरमा

भदौ ६, काठमाडौं । पछिल्लो दुई महिनायता चौथो लहरको रूपमा फैलिरहेको कोभिड १९ संक्रमण ७१ जिल्लामा देखिएको छ ।

मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा र मुगुबाहेक सबै जिल्लामा संक्रमित देखिएका छन् । देशभर रहेका चार हजार २९६ सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा दुईहजार ८७० जना रहेका छन् । आज चार हजार १३४ जना होम आइसोलेसनमा र एकसय ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये ५० जना अईसीयू र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.