भदौ २, काठमाडौं । बिहानको समयमा सीमित गतिमा सवारी साधन चलाउन काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आग्रह गरेको छ ।
खाली सडकमा तीव्र गतिमा सवारी चलाउदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले सीमित गतिमा सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । “बिहानको समयमा सडक केही खुला हुने भएकाले संयमित भई सीमित गतिमा सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ,” काठमाडौं उपत्यका ट्राफिक कार्यालयले भनेको छ ।
खाली सडकमा तीव्र गतिमा सवारी चलाउने र सोही कारण नियन्त्रण गुमाउँदा दुर्घटना बढेको ट्राफिकले बताउदै आएको छ ।

