आजको मौसम : बागमती र प्रदेश एकमा वर्षाको सम्भावना

भदौ १, काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। बुधबार बिहान प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

बाँकी भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक÷ दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १ मा सामान्य बदली रहि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केहि तथा बाँकी प्रदेशका एक÷ दुई स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक बदली रहनेछ।देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.