बैंकिङ कसूर मुद्दाका फरार रामेश्वर श्रेष्ठ पक्राउ

साउन ३०, काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –२३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका –१७ ढल्कु बस्ने सोही ५८ वर्षीय रामेश्वर श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७६ साल भदौ १ गतेको फैसलाले ३० दिन कैद र १० लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।

श्रेष्ठले खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी ज्योति विकास बैंक लिमिटेड असन काठमाडौंमा रहेको बैंक खाताबाट झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । श्रेष्ठलाई अदालतको आदेशमा कारागार कार्यालय डिल्लीबजार पठाईएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.