विश्व विद्यार्थी युवा संघको अन्तर्राष्ट्रिय सेमिनार भारतको खजुराहाेमा सम्पन्न

साउन २९, भारत। विश्व विद्यार्थी युवा संघकाे अन्तर्राष्ट्रिय सेमिनार भारतकाे खजुरामा यही अगष्ट १३ मा सम्पन्न भएको छ ।

विश्वका ३५ वटा देशका युवाहरू सहभागी भएको अन्तर्राष्ट्रिय सेमिनारमा नेपालबाट पनि प्राज्ञिक विद्यार्थी परिषद्काे नेतृत्वमा ४ वटा विद्यार्थी संगठनका १० जना विद्यार्थी नेताहरू प्रतिनिधिकाे रूपमा सहयोगि भएका छन्र । सेमिनारमा प्राज्ञिक विद्यार्थी परिषद् , अनेरास्ववियु क्रान्तिकारी,लाेकतान्त्रिक समाजवादी विद्यार्थी संगठन, राप्रपा वि सं संठनका विद्यार्थी नेताहरूकाे विशेष उपस्थिति रहेकाे प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जनाएको छ ।

विश्वका युवाहरूलाई एउटै मन्चमा ल्याई वशुधैव कुटुम्वकमकाे विचारमा विश्वका युवाहरूकाे माझमा विगत ३५ वर्षदेखि सक्रिय संगठन world organization of student and youth ले अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसर पारेर culture and shared sustainable future भन्ने विषयमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेकाे छ । यहि 13 अगस्ट 2022 मा भारतकाे मध्य प्रदेश स्थित ऐतिहासिक एवम् पर्यटकीय स्थान खजुराहाेमा भएको दुई दिवसीय सेमिनार विश्वका ३५ भन्दा बढि देशका युवाहरूकाे माझ भारत सरकारका पर्यटन,संस्कृति एवम् विकास मन्त्री किशन रेड्डि र भारतकालागि नेपाली राजदुत डा शंकर शर्माले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा wosy का अध्यक्ष नितिस शर्मा, महासचिव सन्जिव निगम्वम र अखिल भारतीय विद्यार्थी परिषद्का महामन्त्री निधि त्रिपाठीकाे पनि उपस्थिति रहेकाे थियोे । wosy ले शिक्षा, विकास, संस्कृति, वैश्विक शान्ति र युवा दृष्टिकोणमा केन्द्रीत रहेर प्रत्येक वर्ष विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरू संचालन गर्दै आईरहेकाे छ भने wosy विस्तारै विश्वका युवाहरूले एक अर्कालाई बुझ्ने, आध्यात्मिकता साटासाट गर्ने र विश्वमा शान्ति कायम गर्ने एक दरिलाे माध्यम वन्दै गइरहेकाे कार्यक्रममा उपस्थिति युवाहरूले वताएकाे वताएका छन।

विश्व विद्यार्थी युवा संघकाे अन्तर्राष्ट्रिय सेमिनारबाट सबै देशकाे प्रतिनिधित्व हुनेगरी केन्द्रीय समितिकाे पनि पुर्नगठन भएको छ । जसमा अन्तर्राष्ट्रिय अध्यक्षमा नितिष शर्मा चयन भएका छन् भने नेपालबाट अन्तरास्ट्रिय उपाध्यक्षमा डा दयाराम भुषाल, सदस्यहरूमा अर्जुन वगाले, नारायण कुमार श्रेष्ठलाई पनि छनाैट गरिएकाे परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपानेले जानकारी दिएका छन्

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.