राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

साउन २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनुभएको छ ।

राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाउनुभएको हो । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो । प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेपछि साउन १५ मा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको विधेयक राष्ट्रपतिले पठाउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.