दोलखामा पहिरोले पुर्‍यो आधा दर्जन घर

साउन २६, काठमाडौं । दोलखाको विगु गाउँपालिका–४ मा अविरल वर्षापछि आएको पहिरोले केही घर पुरेको छ ।

बुधबार राति परेको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारका आधा दर्जन घर पुरेको जनाइएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले उक्त बजारको बस्ती नै जोखिममा परेको छ । पहिरोले घर पुरेकाहरुको उद्धार तथा पुनस्थापनाका लागि प्रहरी, स्थानीय वासिन्दा र स्थानीय जनप्रतिनिधिहरु खटिएका छन् । घरहरु पूर्ण रुपमा पुरिएकाले घरहरुबाट सामान झिक्न मुस्किल भएको बताइएको छ । पहिराले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.