एकीकृत समाजवादीमा उमेदवार छान्ने मापदण्ड बनाउने जिम्मा महासचिव भुसाललाई

साउन २५, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनका लागि उमेदवार छान्ने मापदण्ड बनाउने जिम्मेवारी पार्टी महासचिव वेदुराम भुसाललाई दिएको छ ।

आज बसेको सचिवालय बैठकले आगामी निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फका उमेदवार छान्ने जिम्मा भुसाललाई दिएको हो । उनले अब उमेदवार छान्ने निर्णय प्रक्रियाको प्रस्ताव अर्को बैठकमा पेस गर्नेछन् । बैठकले पार्टीको चुनावलक्षित घोषणापत्र बनाउने जिम्मा तीनजना उपमहासचिवलाई दिएको छ । उपमहासचिवत्रय प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर र डा. विजय पौडेललाई घोषणापत्र बनाउने जिम्मेवारी दिइएको हो ।

निर्वाचन विभागले निर्वाचन निर्देशिका तयार गर्ने गर्ने महासचिव भुसालले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.