जथाभावी हर्न बजाउने १०३ सवारी चालक कारबाहीमा

साउन २४, काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्दै जथाभावी हर्न बजाउने १०३ जना सवारी चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

फुटपाथमा पार्किङ गर्ने १७३ जना, मदिरा पिएर सवारीसाधन चलाउने ९८ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७५ जना, तीव्र गतिमा सवारीसाधन चलाउने ६५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८७ जना कारबाहीमा परेका छन् । सडक लेन उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारीसाधन चलाउने ३९ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २० जना चालकहरू रहेका प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.