मेरो जस्तो साथी सबैलाई परोस्

दिपीन न्यौपाने ।

सहयात्राको आधा दशक मात्रै भएको थियो तर जीवनमा नजिक र रक्त नाता भनेर गाँसिएको सम्बन्धमा भने धाजा फाटिसकेको थियो। आवरण त दुरुस्त थियो तर आत्मियता भने किन किन मर्दै गईरहेको थियो। मनका दूरी यसरी बढेका थिए कि फेरि त्यो मेटिन सम्भावना नै देखिदैन थ्यो । चाहेर पनि मेटिदैन थियो, मन मुटुमा बसेका चोट र सम्बन्ध मा धाजा फाटिदिन बुनेका कयौं बनावटि कल्पना ,आलोचना र दुखमा निस्केको हासो,जिवनको ब्रमनाल सम्मको यात्रामा समेत ती सम्झना जिवन्त रहने छन् । चाहे बनावटि ओठ किन उच्चालियोस्।

जीवन जिउने कलामा कलाकार बनेका आगन बाट आत्मले बिदा माने पनि जिउने कला सिक्न रङ्गकर्मी बन्दै कयौं ठेस लागेको ढुङ्गा पन्साउदै गाँसिएको आत्मियता आज जिवन्त देखियो।कठिनाइका आधा दशक सहयात्रा गरेका साथिले हत्केलाले आशु पुस्दै ,आगामि दिन को यात्रा जतिनै कठिन भएता पनि अगि बढ्न पैताला सारिदियो।एक निस्वार्थ अभिभाव बनिदियो।बाबु संगको बिछोड पछि अन्नधुन्न जीवन पार गर्न तेरसिएका र कतै ठडिएका सहज र कठिन बाटाहरु मेरा लागि आखामा कालो पट्टी बाधेर फनफनि घुमाएर घ्याम्पो फुटाउने खेल जस्तै थियो । कहिले भित्तामा ठोकिन्थ्य कहिले सहि हुदाँ हुदै पनि मानिस माथि बझारिन्थे र कहिले उठ्नै नसकिने गरि नालिमा गाडिन्थे । हाँसोको माहोल तात्दै थियो मेरा यात्रा भने निरन्तरता मै अडिग थियो। मनदेखि कुनै उत्तर थियन केवल पिढादायि सम्झना हरु मात्रै थिए।

नोकरीका आधादशक समय क्याफे र कफि कल्चर सम्बन्धि शिक्षा हासिल गरे संगै गासिएका ति आत्मियता ती सहयात्रा पक्कै पनि जीवन जिउने कला र अभिभावक भन्दा कम महसुुस कहिले भएन। परिवार चलाउने आम्दानि, जीवन चलाउने सीप र वैदेशिक मुलुकमा आत्मनिर्भर बन्न दिने शिक्षा पक्कै पनि एक असल साथी र एक अभिभावक भन्दा महान कोही हुन सक्दैन । युवा जोश र जागरलाई आत्म निरभर भई बाच्ने अहिलेको एक सुनौलो साथि सीप । आउ आत्मसाथ गर्दै हामी संगै अगि बढ्यौं ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.