एजेन्सी। न्यूजिल्याण्डकी मन्त्री जुली एने जेंटर आफ्नो पहिलो बच्चा जन्माउनको लागि आफैं साइकल चलाउँदै अस्पताल पुगेकी छिन् । उनले आइतबार बिहान एक स्वस्थ बच्चालाई जन्म दिएकी छिन् । उनले आफू साइकलमा बच्चा जन्माउन अस्पताल पुगेकोबारे इन्स्टाग्राममा फोटो शेयर गर्दै आफैं जानकारी दिएकी हुन् ।
जेंटर ४२ हप्ताकी गर्भवती थिइन् । सुत्केरी व्यथा लागेपछि उनले घरदेखि १ किलोमिटर टाढा रहेको अकल्याण्ड अस्पतालसम्म साइकलमै जाने फैसला गरिन् । कारमा उनी र उनका सहयोगीहरु सबै अटाउने ठाउँ नभएकोले उनी र उनका पतिले साइकलमा अस्पताल जाने फैसला गरेका थिए । जेंटरले पनि साइकलमा जाँदा आफ्नो मुड अत्यन्तै राम्रो भएको बताएकी छिन् । जेंडर न्यूजिल्याण्डकी यातायात मन्त्री हुन् ।