एकैदिन थपिए ९१५ जना कोरोना संक्रमित

साउन १८, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको नमूना परीक्षण गरिएको थियो ।

३ हजार ९१ जनाको पीसीआर र २ हजार ९ सय ११ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.