कोरोना संक्रमण वृद्धिदर बढ्दै : १६ दिनमा १६ जनाको मृत्यु

साउन १६, काठमाडौं । असारयता नेपालमा कोभिड १९ संक्रमितको संख्या निरन्तर उकालो लागेको छ ।

आज एकैदिन ८९५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ११ लाख ३० हजार १२४ पुगेको छ ।

अहिले देशभर चार हजार ९३४ जना सक्रिय संक्रमित रहेका छन् ।  दैनिक एकदेखि दुई जना संक्रमितको मृत्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

साउनका १६ दिनमा १६ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ ।

पछिल्लो समय बढेको संक्रमणलाई विज्ञहरूले कोभिड १९ को चौथो लहरको रूपमा व्याख्या गरेका छन् । संक्रमणबाट जोगिन पहिलेका लहरहरूमा जस्तै जनस्वास्थ्यका मापदण्ड पालना गर्न र बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.