भदौ ४, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको अभियोगमा एकजना पक्राउ परेका छन् । घटनाको चार सातापछि प्रहरीले एकजनाालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति सिआइबीको नियन्त्रणमा छन् । पक्राउ पर्नेमा भीमदत्तरपालिका १९ का दिलिप सिहं विष्ट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले आफू कार्यालय बाहिर रहेकाले कोही पक्राउ परे–नपरेको जानकारी नभएको बताए । गत साउन ११ गतेदेखि नै कञ्चनपुरमा नागरिक समाज, महिला अधिकारकर्मीलगायतले निर्मलाको हत्यारालाई पत्ता लगाउनुपर्ने माग गर्दै प्रर्दशन गर्दै आएका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिलाई आवश्यक पक्रिया पूरा भए आजै सार्वजनिक गर्ने तयारी छ । गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका ल्याउन गएकी १३ वर्षीया पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।