सार्थक फेशन बुटिकको तेस्रो शाखा विस्तार

भदौ ४, काठमाडौं । सार्थक फेशन बुटिकको तेस्रो शाखा विस्तार भएको छ । चावहिल प्लाजामा विस्तार गरिएको सार्थक फेशन बुटिकको तेश्रो शाखाको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथिमा मिस नेपाल इन्टरनेशनल २०१७ तथा नेपालको मोडेलिङ विधाकी बहुचर्चित ब्यक्तित्व निति शाह थिईन् ।

उद्घाटन कार्यक्रमको विशेष अतिथिहरुमा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष्य, अनिता विन्दु, पद्म श्री विजेता वरिष्ठ साहित्यकार नीलम कार्की निहारिका र चावहिल प्लाजाका प्रवन्ध निर्देशक नीलेश मानन्धर रहेका थिए । सन् २००४ मा चाबहिलको बौद्ध मार्गमा पहिलो शाखाबाट ब्यवसाय सुरु गरेको सार्थक फेशन बुटिकले २०१२ सम्म्मा नक्साल, पूरानो भाटभटेनीसँगै दोश्रो शाखा विस्तार गरेको हो । जापानीज किमोनोको मूल्य झण्डै ४ देखि ५ लाख सम्म पर्ने र सोको उत्पादन लागत नेपालमा १० प्रतिशत मात्र लाग्ने सूचनाका आधारमा नेपाली ब्राण्डको रुपमा सार्थक फेशन बुटिकको सुरुवात र विस्तार गरिएको सार्थक फेशन बुटिकले जनाएको छ ।

वर्षेनी ५ देखि ६ लाख नेपालीहरु रोजगारीका लागि विदेशिने र नेपालमा रेमिट्यानसले जिडिपीको १० प्रतिशत हिस्सा ओगटेको परिप्रेक्ष्यमा सुरुवातका दिनहरुमा दक्ष कर्मचारी पाउनु नै ठूलो चुनौति थियो । र सो आजपनि आंशिक रुपमा रहेको छ । सन् २०२० सम्ममा काठमाडौं उपत्यकामा ५ वटा शाखाहरु विस्तार गर्ने लक्ष्य सार्थक फेशन बुटिकले लिएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.