साउन ३, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वाम एकताको लागि पहल गर्ने भएको छ ।
एकीकृत समाजवादीको मंगलबार सम्पन्न सचिवालय बैठकले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो । बैठकले संगठन सुदृढीकरण अभियान अघि बढाउने, समाजवादबारे दस्तावेज तयार गर्ने, वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार पार्ने निर्णय गरेको सो पार्टीका महासचिव डा। बेदुराम भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


