काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) का सांसद शेरबहादुर तामाङले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेकामा चिन्ता व्यक्त गरेका छन् । सोमबारको व्यवस्थापिका–संसद्को बैठकमा उनले सुशासनको सूचीमा नेपाल विश्वका १२२ औँ देशमा रहेको दृष्टान्त बताउँदै ५० भन्दा तल झार्नुपर्ने विचार व्यक्त गरे ।
त्यस्तै उनले अदालतमा २० प्रतिशतभन्दा बढी मुद्धा भ्रष्टाचार र अख्तियारका अधिकांश मुद्धा भ्रष्टाचारसँग सम्बन्धित रहेको भन्दै भ्रष्टाचार नहटेमा मुलुकमा सुशासन कायम नहुने बताए । उनले सार्वजनिक पद धारण गरेको व्यक्तिले अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन मन्त्रिपरिषद्मा विचाराधीन रहेको भन्दै उनले यथाशीघ्र विधेयक संसद्मा पेश गर्नसमेत आग्रह गरे ।