काँग्रेसका पूर्व सांसद ढुंगेलमाथी जग्गा कारोबारमा ठगी गरेको आरोप

भदौ ४, काठमाडौं । नेपाली काँग्रेसका नेता तथा भक्तापुर जिल्लाका पूर्व सांसद रामेश्वर ढुंगेलमाथी जग्गा कारोबारमा ठगी गरेको आरोप लगाएको छ ।

गत साउन २६ गते राजधानीको जोरपाटीमा भएको एक अन्र्तरक्रिया कार्यक्रममा उनिमाथी सो आरोप सहित प्रमाण पेश गरेका थिए । सकारात्मक विकास सञ्चार केन्द्रले आयोजना गरेको न्यायिक क्षेत्र सुदृढिकरण र निष्पक्ष तथा पारदर्शी बनाउन नागरिकको सुझाव सहितको जनतामा चुस्त र दुरुस्त न्याय कहिले ? विषयक एक अन्तरसंवाद कार्यक्रममा पूर्व सांसद ढुंगेलबाट पीडित यदुनाथ ढुंगेलले आफु ढुगेल र न्यायालयबाटै अन्यायमा परेको गुणासो व्यक्त गरेका थिए । उनले न्यायालयभित्रका कर्मचारी समेत राजनीतिक आडमा व्यक्ति हेरेर काम गर्ने गरेको आरोप लगाएका थिए । पूर्व सांसद ढुंगेल, राजु बन, यादव प्रसाद तिमल्सिना र पीडित यदु ढुंगेलबीच जग्गा करोबारमा सबैले आ–आफ्नो पैसा पाए पनि आफुले पाउनुपर्ने पैसा नदिइ उल्टै मानसीक याताना समेत दिदै आएको आरोप लगाए ।

रकम असुल तथा न्यायको लागि भक्तपुर जिल्ला अदालत, पुनरवेदन हुदै सर्वोच्च अदालतसम्म पुगेका यदु ढुंगेलले राजनीतिक शक्ति र पैसाका आडमा आफ्नो मुद्धलाई हराउने र पुनः दोहो¥याउन नमिल्ने भन्दै न्यायाधिशहरुले चिट दिएकोमा आक्रोस पोग्दै आफु कानुनबाट ठगिएको दुःख व्यक्त गरे । सोही जिज्ञासालाई सम्बोधन गर्दै पूर्व सभामुख तथा संविधानविद् दमननाथ ढुंगानाले जस्तोसुकै परिस्थितिमा न्यायिक क्षेत्रमा जनताको समस्याको निराकरण गर्न न्यायालय लाग्नुपर्ने बताए । उनले भने– चित्ता नबुझेसम्म मुद्ध दर्ता गर्न पाईन्छ ढोका नै बन्द भयो भन्ने कुरा नभएको प्रष्ट्याउँदै पुनः मुद्ध दर्ता गरी सेवा लिन आग्रह गरे ।

सोही कार्यक्रममा पूर्व कानुनमन्त्री सेरबहादुर तामाङले न्यायालयको अनिमियतता रोक्नका लागि सबै जना लाग्नुपर्ने बताए । उनले भ्रष्ट्रचार अन्त्यका लागि कानुनी निकाय पनि संवेदनशील बन्नुपर्ने सुझाउँदै न्यायालय र न्यायाधिश तथा कर्मचारीहरुमा इमान्दारीता, निष्पक्ष, पारदर्शीता र जवाफदेहिता अनिवार्य हुनुपर्ने बताए ।

बाँकी रिर्पोट भिडियोमा

Satkar Media House
Leave A Reply

Your email address will not be published.