काठमाडौंमा चितुवाको आक्रमणबाट एकै परिवारका पाँचजना घाइते

असार ३०, काठमाडौं । काठमाडौंमा चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका छन् । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८, भीमढुंगास्थित एक घरमा पसेर चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँचजना घाइते भएका हुन् ।

घरमा आएको चितुवा धपाउने क्रममा चितुवाले आक्रमण गर्दा पञ्चकुमार भट्टराईसहित उनको परिवारका पाँचजना घाइते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको बोहराले जानकारी दिए । काठमाडौंमा हरेक वर्ष बाक्लो बस्तीमा पसेर चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.