देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति

असार २९, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भागेका छन् । आर्थिक संकटका कारण जारी विरोध प्रदर्शनबीच उनी एक सैनिक विमानमार्फत भागेका हुन् ।

७३ वर्षीय राजपक्षे माल्दिभ्सको राजधानी माले पुगेका छन् । स्थानीय समयानुसार बुधबार बिहान ३ बजे उनी त्यहाँ पुगेको बीबीसीले जनाएको छ । श्रीलंकाको वायुसेनाले राजपक्षे आफ्नी श्रीमती र दुई सुरक्षा अधिकारीहरूका साथ माल्दिभ्सतर्फ उडेको पुष्टि गरेको छ । राजपक्षे भागेसँगै श्रीलंकामा दशकौँदेखि चल्दै आएको एक परिवारको शासनको अन्त्य भएको छ । गएको शनिबार त्यहाँका प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए । त्योसँगै राजपक्षे अज्ञातस्थलमा लुकेका थिए । उनले जुलाई १३ (आज) मा पदबाट राजीनामा दिने यसअघि नै घोषणा गरेका थिए । तर, त्यसअघि नै भागेका हुन् ।

उनका भाइ एवं पूर्वअर्थमन्त्री बासिल राजपक्षेले पनि देश छोडेर अमेरिका जाने बताइएको छ । राष्ट्रपति देश छोडेर भागेको खबर सार्वजनिक भएसँगै स्थानीयले खुसी मनाएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.