जापानमा अनलाइनमा गालीगलौज गर्नेलाई जेल हालिने

असार २६, काठमाडौँ । जापानको संसदले अनलाइनमा गालीगलौज गर्नेलाई जेल सजाय दिने नियम अनुमोदन गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा दुर्व्यवहारका घटना बढेसँगै जापानले नयाँ नियम ल्याएको हो। नयाँ नियमअनुसार अनलाइन गालीगलौजको आरोपमा दोषी पाइएका व्यक्तिलाई एक महिनासम्मको जेल वा १० हजार येन जरिवाना तिराइनेछ।

अहिले ल्याइएको नियमको बारेमा सन् २०२५ मा पुनः अध्ययन गरिनेछ। साथै यसले कस्तो असर पार्‍यो भन्ने विषयमा पनि छलफल हुनेछ।
पुनः अध्ययनको क्रममा यसले मानिसको अभिव्यक्त स्वतन्त्रतामा पारेको असर र अनलाइन गालीगलौजको परिभाषा कस्तो हुनुपर्छ भन्ने विषय सामेल गरिनेछ।

जापानी रियालिटी टेलिभिजन स्टार हाना किमुराले अनलाइन दुव्र्यवहारको कारण नयाँ नियम अघि सारिएको हो। गत वर्ष किमुराको मृत्युभन्दा पहिला उनलाई अनलाइन दुव्र्यवहार गर्ने दुई पुरुषलाई जनही ९ हजार येन जरिवाना गरिएको थियो। त्यसयता जापानमा कडा किसिमको साइबर कानुनको माग हुँदै आएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.