आजको मौसमः दिउँसो र राति मध्यम वर्षाको सम्भावना

असार २६, काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (आइतबार) बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा सामान्यतादेखि पूर्ण रुपमा बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, प्रदेश– १ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। देशको पहाडी भू–भाग र बाँकी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । आइतबार राति भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू–भागमा भने आंशिक बदली रहनेछ। त्यस्तै, प्रदेश– १ , गण्डकी प्रदेश, कर्णाली प्रदेश र बाँकी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.