सीपीसी विदेश विभाग प्रमुख लिउ काठमाडौंमा

असार २६, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् ।

उनी चारदिनसम्म नेपालमा रहनेछन् । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि यो चिनियाँ उच्च तहको भ्रमण हो । उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

उनै नेतृत्वको चिनियाँ टोलीले यसअघि परराष्ट्र मन्त्री नारायण खड्कासहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुसँग भर्चुअल संवाद गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.