काठमाडौं उपत्यकामा हालसम्म २७ जनामा हैजा पुष्टि

असार २५, काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म २७ जनामा हैजा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म २७ जनामा हैजा पुष्टि भएको हो । जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो । संक्रमितमध्ये दुई जना पाँच वर्ष मुनिका बालबालिका छन् ।

काठमाडौंमा सुरूमा असार २ गत बागबजार बस्ने एकै परिवारका दुई जनामा हैजा पुष्टि भएको थियो । त्यसको भोलिपल्टै ललितपुरको सानेपामा पनि हैजा देखिएको थियो । त्यसयता हैजाबाट संक्रमितको सङ्ख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये अहिले तीन जना अस्पतालमा उपचाररत छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.