काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ । बीबीसी हिन्दीले दिएको जानकारीअनुसार जापानको सरकारी सञ्चारमाध्यमले उनको निधन भएको पुष्टि गरेको छ ।
जापानको एनएचके वर्ल्ड न्युजले पनि आवेको निधन भएको पुष्टि गरेको छ । जापानको नारा सहरमा उनलाई बिहान गोली प्रहार भएको थियो । त्यसपछि बेहोस भएका आवेको निधन भएको हो । आवेलाई दुईपटक गोली लागेको थियो । पछाडिबाट हानेको गोली लागेर उनी सम्बोधनकै क्रममा ढलेका थिए । उनलाई गोली हान्ने व्यक्तिलाई पक्राउ गरिएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

